काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते बस्दैछ। बैठक शुक्रबार धुम्बाराहीस्थित एक बैंक्वेटमा बिहान ११ बजे शुरु हुनेछ।
समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारीलगायत एजेण्डामा छलफल हुने श्रेष्ठले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।