आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारत सरकारको सहयोगमा बनेको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण

भारत सरकारको सहयोगमा बनेको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण

  • मिडिया डबली
  • मंगलवार, पौष २३ २०८१

  • 744
    SHARES

  • भारत सरकारको सहयोगमा बनेको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण

    काठमाडौं । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण भएको म्याग्दी बहुमुखी क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ । भारत सरकारको २.७९३ करोड आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको क्याम्पस तथा छात्रावास भवन सोमबार (हिजो)  क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । 

    जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सील अविनाश कुमार सिंहले संयुक्त रुपमा उक्त परियोजना क्याम्पस व्यवस्थापन समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेको भारतीय राजदूतावासले जानकारी दिएको छ । दूतावासले  प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको जनाएको हो । 

    30b4eba8-ab4f-43f6-af47-2fe08585ef18.jpg

    ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग मानविकी भवन खण्ड, व्यवस्थापन भवन खण्ड, छात्राका लागि छात्रावास भवन तथा अन्य सहयोगी संरचनासहितको क्याम्पस भवनको निर्माणमा गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको बताउँदै जिल्ला समन्वय समिति म्याग्दी मार्फत परियोजना कार्यान्वयन गरिएको राजदूतावासले बताएको छ ।

    परियोजना हस्तान्तरण कार्यक्रममा राजनीतिक प्रतिनिधि जिसस म्याग्दीका प्रमुख तथा म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्षले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गरेका थिए ।

    नवनिर्मित संरचनाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उच्च शिक्षा तथा छात्रावास सुविधामा पहुँच दिलाउन मद्दत गर्नुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउँने विश्वास लिइएको विज्ञप्तिमा भनिएको छ । 

    विज्ञप्तिमा सन् १९९६ मा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहका विषयहरु अध्यापन हुँदै आएको र करिब ९ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरिएको छ । क्याम्पसमा ७० % छात्राहरु रहेका छन् । 

    नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहदैँ आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारले सदैव हातेमालो गर्न तयार रहेको कुरा पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २३ २०८०१२:२८:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend