आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आर्थिक परिवर्तनका लागि कांग्रेस- एमाले सरकार : उपप्रधानमन्त्री सिंह

आर्थिक परिवर्तनका लागि कांग्रेस- एमाले सरकार : उपप्रधानमन्त्री सिंह

  • मिडिया डबली
  • शनिवार, श्रावण १९ २०८१

  • 1.1K
    SHARES

  • आर्थिक परिवर्तनका लागि कांग्रेस- एमाले सरकार : उपप्रधानमन्त्री सिंह

    काठमाडौं - उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वकाे जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएकाे बताएका छन्।

    शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयाेजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । यसअघि छिटाे छिटाे सरकार परिवर्तन हुँदा अस्थीरता भएकाे भन्दै राजनीतिक स्थीरताका लागि अहिलेकाे गठबन्धन बनेकाे उनकाे भनाई थियाे ।

    ` राजनीतिक स्थायित्व र स्थीरताकाे जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि याे सरकार गठन भएकाे छ´ उपप्रधानमन्त्री सिंहले बताए,` जिम्मेवारी ठुलाे छ । त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।´

    नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नाे क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बन्नुभएका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बाग्मति प्रदेशकाे आन्तरिक मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना कार्यक्रम आयाेजना गरेकाे हाे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १८ २०७८११:४३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend