आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शशांक, बिमलेन्द्र र प्रकाशमानको बैठकले गर्‍यो यस्तो निर्णय, अब छुट्टै ध्रुवीकरण !

शशांक, बिमलेन्द्र र प्रकाशमानको बैठकले गर्‍यो यस्तो निर्णय, अब छुट्टै ध्रुवीकरण !

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 5.5K
    SHARES

  • शशांक, बिमलेन्द्र र प्रकाशमानको बैठकले गर्‍यो यस्तो निर्णय, अब छुट्टै ध्रुवीकरण !

    काठमाडौं – आसन्न १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु भेटघाट र छलफलको दौडमा छन् ।

    केही दिनयता उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच लगातार भेटवार्ता हुँदै आएको छ ।

    मंगलबार समेत तीनै नेताबीच भेटवार्ता र छलफल भएको छ । मंगलबार सिंहको निवासमा छलफल गरेका ३ नेताले शुक्रवार केन्द्रीय सदस्यहरुको भेला बोलाउने निर्णय गरेका हुन् । ३ नेताबीच हुँदै आएको छलफललाई भेलाले पार्टीमा नयाँ ध्रुवीकरण दिने जनाइएको छ ।

    मंगलबार बिहान सिंहको घरमा बैठक बसेको हो । महाधिवेशनमा केन्द्रित भई छलफल गर्न टोखास्थित कोइराला निवासमा केन्द्रीय सदस्यहरुको भेला बोलाउने निर्णय भएको पूर्व महामन्त्री सिंहले बताएका छन् ।

    नेताहरु रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग पनि छुट्टै छलफल गर्ने निष्कर्षका साथ नेताहरुको मंगलबारको छलफल सकिएको छ । महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुसँग पनि छलफल थाल्ने तयारी समेत तीनै नेताहरूले गरेका छन् ।

    भदौमा तोकिएको महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा चहलपहल बढेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend