आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली ज्ञानेन्द्र पथमा हिडिरहेका छन् : कांग्रेस नेता सिंह

ओली ज्ञानेन्द्र पथमा हिडिरहेका छन् : कांग्रेस नेता सिंह

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 5.2K
    SHARES

  • ओली ज्ञानेन्द्र पथमा हिडिरहेका छन् : कांग्रेस नेता सिंह

    काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउन संसद् भंग नगरेको जानकारी दिएका छन्।

    कांग्रेसका भ्रातृ संस्थाहरुले शान्तिवाटिकामा सोमबार गरेको विरोध सभालाई सम्बोधन गर्दै सिंहले ओलीले आफू तानाशाह बन्नका लागि संसद् विघटन गरेको बताएका हुन्।

    ‘ओलीले चुनाव गराउन संसद् विघटन गरेका होइनन्। आफू तानाशाह बन्न संसद् भंग गरेका हुन्,’ उनले भने। ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर गरेर जनभावना विपरीत संविधान कुल्चिएको सिंहको भनाइ थियो। ओलीले बदनियतपूर्ण तरिकाले लोकतन्त्रलाई प्रहार गरेकोले कांग्रेस सडकमा उत्रिएको उनले बताए।'

    ‘संविधानलाई मिचेर अहिले चुनावको ललिपप देखाइएको छ। भएको संविधान मिच्ने अनि अन्तर्राष्ट्रिय प्रयास यही छ भनेर पाठ सिकाउँदै ओली हिँडिरहेका छन्,’ उनले भने, ‘प्रतिनिधि सभा फेस गर्ने साहस नभएकाले उनले जनता छक्काएका हुन्।’  सिंहले ओली ज्ञानेन्द्र पथमा रहेको आरोपसमेत लगाएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १६ २०७८०७:५७:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend