आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेल रिसाएपछि निधि, कोइराला र सिंहको खेल खत्तम !

रामचन्द्र पौडेल रिसाएपछि निधि, कोइराला र सिंहको खेल खत्तम !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १८ २०७८

  • 9.7K
    SHARES

  • रामचन्द्र पौडेल रिसाएपछि निधि, कोइराला र सिंहको खेल खत्तम !

    काठमाडौं – महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले छुट्टै खेल खेलिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल रिसाएका छन् ।

    तीनै नेताले आ–आफ्नो घरमा बोलाएर सामूहिक छलफल र प्रचारबाजी गरेपछि पौडेल रिसाएका हुन् । निधि, कोइराला र सिंहले आज शुक्रबार केन्द्रीय सदस्यसँग छलफल गर्न खोज्दा पौडेल रिसाएपछि छलफल स्थगित भएको छ ।

    यसअघि पूर्व महामन्त्री सिंह निवास चाक्सीबारीमा बसेको बैठकले शुक्रवार केन्द्रीय सदस्यहरुसँग महामन्त्री डा. कोइरालाको निवासमा महाधिवेशनबारे छलफल गर्ने निर्णय गरेको थियो ।

    केन्द्रीय सदस्यसँग गर्ने भनिएको बैठक स्थगित भएको सिंहले बताएका छन् । तीनै नेताको तयारीपछि पौडेल रिसाएका थिए । 

    आज शुक्रबार क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नुपर्ने भएकाले छुट्टै बैठक स्थगित गरिएको सिंहले बताएका छन् ।

    यसअघि तीनै नेताले पटक–पटक भेटेर सामूहिक रुपमा अगाडि बढ्ने सन्देश दिन खोजेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend