आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भब्य रुपमा मनायो भारत सरकारले नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव

भब्य रुपमा मनायो भारत सरकारले नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ८ २०८१

  • 1.1K
    SHARES

  • भब्य रुपमा मनायो भारत सरकारले  नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव

    काठमाडौँ- नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव भारत सरकारले अघि सारेको र १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस भब्य रुपमा सम्पन्न भएको छ।

    अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाउन काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियासहित नेपालका १० वटा शहर र नगरपालिकामा शृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम भन्या रुपमा सम्पन भएको हो।

    pokhara_indian (5).jpgभारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बितेको दशकमा जुन प्रस्तावको रुपमा संयुक्त राष्ट्रसंघको महासभाबाट सुरु भएको थियो त्यो स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने वैश्विक आन्दोलनमा परिणत भएको छ । योगलाई आज विश्वका सबै संस्कृति र सबै महादेशहरुले अपनाएका छन् उनले थपे  नेपालका सम्माननीय प्रधानमन्त्रीसहित विश्व नेताहरुलाई सम्बोधन गरेको आफ्नो सन्देशमा बताएका थिए।

    pokhara_indian (6).jpgयस वर्षको “स्वयम् र समाजका लागि योग” भन्ने विषय (थिम) अनुरुप भारतीय राजदूतावासले मुख्य कार्यक्रम अगावै मिति २०८१ जेठ २५ गते काठमाडौंमा एउटा पूज्य पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन र अर्को माइती नेपालका चेलीहरुका लागि व्याख्यानसहितको प्रदर्शन गरी दुईवटा कार्यक्रमको आयोजना गरेको थियो ।

    मानव चेतना र प्रकृतिबीच योगको भूमिका एक सेतुको रुपमा रहेको भन्ने कुरालाई जोड दिदै काठमाडौंस्थित भारतीय राजदूतावासले मिति २०८१ असार ५ गते पोखराको फेवा तालको किनारामा ४५० भन्दा बढी सहभागीहरुका लागि योग तथा ध्यान अभ्यासको आयोजना गरेको थियो।

    pokhara_indian (4).jpgसोही दिन योग र आयुर्वेदले स्वास्थ्यमा पुऱ्याउने फाइदाहरु उपर केन्द्रित हुँदै आयुर्वेद अभ्यासकर्ताहरुसँग मिलेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरुका लागि दूतावासले योग प्रदर्शन तथा निःशुल्क स्वास्थ्य परामर्शको पनि आयोजना गऱ्यो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति तथा कैयौं वरिष्ठ प्राध्यापकहरुको समेत सहभागीता रहेको बताइएको छ।

    नेपालस्थित भारतीय राजदूतावासले मिति २०८१ असार ६ गते पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गऱ्यो । ती स्थानहरु क्रमशः सराङ्कोट भ्यू पोइन्ट जहाँबाट अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ; पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक वातावरण र भव्य दृश्य एकैसाथ महसुस र देख्न पाइन्छ ;र रमणीय अनदु डाँडामा अवस्थित शान्ति स्तुप रहेका थिए । योगका शारीरिक, मानसिक र आध्यात्मिक फाइदाबारे प्रकाश पार्दै अनुभवी योग प्रशिक्षकले सहभागीहरुलाई विभिन्न आसन, प्राणायाम र ध्यान विधिबारे जानकारी दिएका थिए ।

    भारतीय राजदूतावासले लुम्बिनी विकास कोष, लुम्बिनीमा मिति २०८१ असार ६ गते ९०० भन्दा बढी सहभागीहरुका लागि एक बृहत् योग प्रदर्शनको पनि आयोजना गरेको थियो। कार्यक्रममा लुम्बिनीका माननीय मुख्यमन्त्री जोख बहादुर महरा लगायत अन्य प्रदेशीय नेताहरुको उपस्थिति रहेको थियो ।

    pokhara_indian (7).jpgलुम्बिनीका माननीय मुख्यमन्त्रीले भगवान बुद्धको जन्मस्थलमा महत्वपूर्ण योग कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिए।

    राजदूत नवीन श्रीवास्तवले योगको विश्वव्यापी अपिल र स्वस्थ, चिन्तनशील र दिगो जीवनशैली कायम गर्नमा यसको महत्वमाथि जोड दिएका छन्।  पोखरा महानगरपालिकासँग सहकार्य गर्दै मिति २०८१ असार ७ गते पोखरा रङ्गशालामा आयोजना गरेको एकदमै ठूलो योग प्रदर्शन कार्यक्रम भारतीय राजदूतावासले सन् २०२४ मा नेपालमा मनाएको अन्तर्राष्ट्रिय योग दिवस उत्सवको केन्द्रविन्दुमा रहेको थियो ।

    कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्य र त्यस क्षेत्रका ५००० भन्दा बढी योगमा अभिरुचि राख्नेहरुले सहभागीता जनाएका थिए ।

    गण्डकी प्रदेशका मुख्यमन्त्रीले यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गरे।

    उनले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई नेपाल सरकारले समर्थन गरेको बताए ।

    pokhara_indian (2).jpgउनले योग भारत र नेपालबीचको प्रगाढ र दिगो साँस्कृतिक सम्बन्धको एउटा महत्वपूर्ण तत्व भएको कुरामा जोड दिए। राजदूत नवीन श्रीवास्तवले योगले नेपाल र भारतबीच बलियो सांस्कृतिक सेतुको रुपमा काम गर्ने र नेपालका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा योग कार्यक्रमको आयोजना गर्नाले ती ठाउँमा योग पर्यटन प्रवर्द्धन गर्न सकिने बताए।

    पोखरा महानगरपालिकाका मेयरले पोखरालाई नेपालकै पर्यटकीय राजधानीका रुपमा स्थापित गर्नका लागि पोखरामा यस्ता ठूला कार्यक्रम आयोजना गरी पहल लिन सहयोग गरेकोमा दूतावासलाई धन्यवाद व्यक्त गरे।

    उनले अन्तर्राष्ट्रिय योग दिवस मनाउन हरेक वर्ष दूतावाससँग सहकार्य गर्न पोखरा तत्पर रहेको जानाकरी दिएका छन्। भारतको महावाणिज्य दूतावासले पनि जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमको आयोजनागरेको थियो।

    अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करणलाई समापन गर्न भारतीय राजदूतावासले मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा मिति २०८१ असार ८ गते सुन्दर लमजुङ जिल्लामा योग प्रदर्शन कार्यक्रमको आयोजना गर्ने बताइएको छ।

    pokhara_indian (1).jpgयोग र समग्र स्वास्थ्य अभ्यासमा साझा रुचिको आधारमा भारतीय राजदूतावास नेपालसँग जनता–जनता र साँस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्न प्रतिबद्ध जनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २३ २०८०१२:२८:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend