सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय राजदूतावासले पोखरामा गर्यो अन्तर्राष्ट्रिय योग दिवस उत्सव

भारतीय राजदूतावासले पोखरामा गर्यो अन्तर्राष्ट्रिय योग दिवस उत्सव

  • मिडिया डबली
  • बिहिवार, आषाढ ७ २०८१

  • 1.2K
    SHARES

  • भारतीय राजदूतावासले पोखरामा गर्यो अन्तर्राष्ट्रिय योग दिवस उत्सव

    पोखरा- अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा नेपालस्थित भारतीय राजदूतावासले पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गरेको छ।

    उक्त कार्यक्रममा सहभागीहरुले अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै रमणीय सराङ्कोट भ्यू पोइन्टमा सूर्योदय योग गरेसँगै कार्यक्रमको सुरुवात गरेको बताइएको छ।

    pokhara_india (5).jpgउनीहरुले यसपछि पोखरा नजिकैको पुम्दीकोटस्थित श्रद्धेय शिव मन्दिरमा योग प्रदर्शन गरेका थिए भने यस कार्यक्रमका लागि एक अत्यन्तै राम्रो पृष्ठभूमि प्रदान गरेको पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित रहेको छ ।

    pokhara_india (4).jpgयोग अभ्यासका समग्र अनुभवलाई वृद्धि गर्दै सहभागीहरु प्रकृति र आध्यात्मिकतासँग जोडिन सफल भएका थिए ।भारतीय राजदूतावासले पोखरा नजिकैको रमणीय अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग प्रदर्शनको पनि आयोजना गरेको हो ।

    pokhara_india (3).jpgयस वर्षको “स्वयम् र समाजका लागि योग” भन्ने नाराका साथ यस प्राचीन अभ्यासका फाइदाहरु बटुल्न कार्यक्रममा सरकारी अधिकारी, स्थानीय बासिन्दा र योगमा अभिरुचि राख्ने लगायत विभिन्न क्षेत्रका मानिसहरुको सहभागीता रहेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ६ २०८१०३:५७:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend