काठमाडौँ- नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाउन मिति २०८१ जेठ २३ गते वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ।
ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको उक्त विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको सहभागी रहेको थियो।
कार्यक्रममा कैयौं राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागीता रहेको र वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा सबैले विशेष जोड दिएका थिए।
नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन्।
नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए। उक्त कार्यक्रममा सहभागीहरुले १५० वटा वृक्षहरु रोपेका थिए।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।