आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मोदी मन्त्रिपरिषद्को पहिलो निर्णयले भारतमा खुसियाली, सर्बत्र चर्चामा

मोदी मन्त्रिपरिषद्को पहिलो निर्णयले भारतमा खुसियाली, सर्बत्र चर्चामा

  • मिडिया डबली
  • मंगलवार, जेठ २९ २०८१

  • 3.7K
    SHARES

  • मोदी मन्त्रिपरिषद्को पहिलो निर्णयले भारतमा खुसियाली, सर्बत्र चर्चामा

    काठमाडौँ- भर्खरै सम्प्पन भएको चुनाब जितेर तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी नेतृत्वमा नवगठित मन्त्रिपरिषद्‌को पहिलो बैठकले गरिबका लागि थप ३ करोड नयाँ घर बनाउने निर्णय गरेको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बसेको मोदी मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री आवास योजनाअन्तर्गत घरको आवश्यकता परेका गरिब नागरिकका लागि थप ३ करोड घर बनाउने निर्णय गरेको हो।

    गाउँ र सहरमा बनाइने यी घरमा शौचालय, बिजुली, पानी र ग्यास जडान हुनेछ। प्रधानमन्त्री मोदीले पहिलो कार्यकालका बेला सन् २०१५/१६ मा यो योजना सुरु गरेका थिए। यस योजनाअन्तर्गत विगत १० वर्षमा ४.२१ करोड घर बनाइसकिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    सोमबार बसेको भारतीय मन्त्रिपरिषद्को पहिलो बैठकमा विपन्न परिवारको संख्या बढ्दै गएकाले थप घर निर्माण गर्नुपर्ने आवश्यकता महसुस भएको थियो। यो आवश्यकता पूरा गर्न थप ३ करोड घर बनाउने निर्णय गरिएको हो। यो निर्णयसंगै भारतमा खुसियाली छाएको छ । यतिबेला यसको चर्चा ब्यापक रुपमा सामाजिक संजालमा देखिन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend