आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

एनडीए गठबन्धनले मोदीलाई नेता चयन गर्दै, आजै सरकार बनाउने दाबी पेश गर्ने

एनडीए गठबन्धनले मोदीलाई नेता चयन गर्दै, आजै सरकार बनाउने दाबी पेश गर्ने

  • मिडिया डबली
  • शुक्रवार, जेठ २५ २०८१

  • 2.0K
    SHARES

  • एनडीए गठबन्धनले मोदीलाई नेता चयन गर्दै, आजै सरकार बनाउने दाबी पेश गर्ने

    काठमाडौँ - नरेन्द्र मोदीले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएबाट आज सरकार गठनको दाबि पेश गर्ने तयारी गरेका छन् ।हालै सम्पन्न लोकसभा निर्वाचनमा एनडीए गठबन्धनको २९३ सिट हासिल भएसँगै आज सरकार गठनको दाबि पेश गर्ने तयारी गरेका हुन् ।

    त्यसपछि आजै एनडीए गठबन्धनको बैठक बस्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । बैठकले नरेन्द्र मोदीलाई गठबन्धनको नेता चयन गर्न लागेको छ । मोदी नेता चयन भएसँगै गठबन्धन दलको पत्रसहित आजै सरकार गठनको दाबि पेश गर्ने छन् ।

    ५४३ सदस्यीय लोकसभामा एनडीएले २९३ सिटमा जित हासिल गरेको छ । जसमा भाजपाले २४०, आन्ध्र प्रदेशका चन्द्र बाबु नायाडूको टिडीपीले १६, बिहारका नितिश कुमारको पार्टी जेडीयुले १२, शिवसेनाले ७ र अन्यले १८ सिटमा जित हासिल गरेका छन् ।

    त्यस्तै विपक्षी दलको इण्डिया गठबन्धनले २३४ सिटमा जित हासिल गरेको छ । जसमा भारतीय नेशनल कांग्रेसले ९९ , अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले ३७, ममता बेनर्जी नेतृत्वको टिएमसीले २९, डीएमकेले २२ र अन्यले ४७ सिट जितेका छन् । त्यस्तै दुवै गठबन्धनमा नलागेका र स्वतन्त्रसहित अन्य १६ जनाले जितेका छन् ।
           
        

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend