आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

तेस्रो पटक मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार र चन्द्रबाबुको गरे लिखित सहमति

तेस्रो पटक मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार र चन्द्रबाबुको गरे लिखित सहमति

  • मिडिया डबली
  • बिहिवार, जेठ २४ २०८१

  • 5.0K
    SHARES

  • तेस्रो पटक मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार र चन्द्रबाबुको गरे लिखित सहमति

    काठमाडौँ- भारतमा नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) का दुई प्रमुख दल जनता दल (युनाइटेड) र तेलेगु देसम पार्टी (टिडिपी) ले नरेन्द्र मोदीकै नेतृत्वमा सरकार बनाउने सहमति भएको जनाएको छ।

    यसअघि सन् २०१४ र २०१९ मा प्रधानमन्त्री नियुक्त भएका मोदी नयाँ दिल्लीमा बिहीबार साँझ भएको एनडिएको बैठकमा जनता दलका प्रमुख एवं बिहारका मुख्यमन्त्री नितिश कुमार र टिडिपीका प्रमुख चन्द्रबाबु नायडूले मोदीलाई नै प्रधानमन्त्रीमा समर्थन गर्न लिखित सहमति जनाएको आफ्नै अफिसियल सामाजिक संजाल मार्फत जानकारी दिएका हुन्।

    chandra_babau_naidu.JPG

    एनडिएको बैठकले सर्वसम्मतले आफूहरूको मोदीलाई नेताका रूपमा स्वीकार गरेको बताएका हुन्। एनडिए गठबन्धनमा नितिश कुमार र नायडू प्रमुख घटकको रूपमा देखिएका छन्। मंगलबार सार्वजनिक भएको मतपरिणाममा जनता दलले १२ र टिडिपीले १६ सिटमा जितेको थियो।

    narendra_modi (3).jpg

    भारतीय जनता पार्टी (भाजपा) एक्लैको बहुमत नआएपछि दुई प्रमुख दलको समर्थनमा गठबन्धनको सरकार बन्न लागेको हो। एनडिटिभीका अनुसार भारतमा शनिबार (जुन ८) मा नयाँ सरकार बन्नेछ। त्यस दिन मोदीले प्रधानमन्त्रीको शपथ लिने तयारी छ।

    बैठकपछि नितिश कुमारले इन्डिया टुडे समाचार संस्थासँग कुराकानी गर्दै सरकार गठनमा ढिलाइ गर्न नहुने सुझाव दिएको बताए। उनले मोदीलाई भनेका थिए, ‘जल्दी किजिए (छिटो गर्नुस्)।’

    narendra_modi (1).jpg

    यद्यपि सरकार गठनमा भागबण्डाको विषय टुंग्याउन भने बाँकी रहेको भारतीय समाचार संस्थाहरूले जानकारी दिएका छन्।भाजपाले नयाँ सरकार गठनका लागि टिडिपी र जनता दलको लिखित सहमति लिएको हो। भारतमा सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ।

    narendra_modi (4).jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend