काठमाडौं - भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक रुझानमा नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धन अगाडि देखिएको छ ।
५४३ सीटका लागि भएको निर्वाचनको पछिल्लो विहान सवा ९ बजेको रुझान अनुसार २६२ सीटमा भाजपा नेतृत्वको गठबन्धन अगाडि छ ।
कांग्रेस नेतृत्वको गठबन्धन १९१ सीटका साथ पछ्याइरहेको छ । यो संख्या प्रत्येक मिनेटमा घटबढ भइरहेको छ ।
प्रारम्भिक रुझानले भाजपाको ४ सय पार नारा सफल नहुने देखिएको छ । तर भाजपा गठबन्धनले बहुमत जित्न सक्ने आँकलन भने प्रारम्भिक रुझानबाट देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।