नयाँदिल्ली - भारतमा भएको १८ औँ लोकसभा निर्वाचनको मतगणना शुरु भएको छ । स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतगणना शुरु भएको हो ।
गत १९ अप्रिलदेखि शुरु भएको भारतको इतिहासमै सबैभन्दा दोस्रो लामो चुनाव सात चरणमा सकिएको थियो । सन् १९४२ पछि पहिलो पटक यो चुनाव सबैभन्दा लामो ४४ दिनको भएको हो । सन् १९५२ मा चुनाव ४ महिना चलेको थियो ।
गत जुन १ तारिख (शनिबार जेठ १९ गते) चुनाव सकिएपछि सार्वजनिक गरिएका एग्जिट पोलमा भाजपाको गठबन्धन एनडीएले नै सरकार बनाउने बताएको छ । ५४३ सिटमध्ये एक सिटमा भाजपा निर्विरोध निर्वाचित भइसकेको छ ।
चुनाव सकिएपछि गरिएको इग्जिट पोलअनुसार नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकाल सरकार बनाउने देखाएको छ । विभिन्न एक दर्जन एग्जिट पोलले नरेन्द्र मोदीले नै सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने देखाएको हो । भारतीय जनता पार्टीको गठबन्धनले ३७० लेखि ४०० सम्म सिट जित्ने दाबी भइरहेको छ ।
के एग्जिट पोलको नतिजा एक्ज्याक्ट पोलमा बदलिएला त ? भन्ने रहेको छ । यसको प्रतिक्षा केहीबेरपछिको चरणले नै देखाउने छ । १२ एग्जिट पोलले एनडीएलाई ३५० भन्दा बढी सिट आउने दाबी गरेअनुसार २४२ सिटका लागि भएको मतदानमा बहुमतका लागि २७२ सिट जिते पुग्छ । एसएएएम–जनकी बातले एनडीएलाई ३७७ सिट जित्ने दाबी गरिरहँदा आईएनडीआईएलाई मात्र १५१ सिट जित्ने बताएको छ । त्यस्तै अन्यमा मात्र १५ सिट जित्ने दाबी गरिएको छ ।
इन्डिया न्यूज–पोलस्ट्रेटले एनडीएलाई ३७१ सिट तथा आईएनडीआईएलाई मात्र १२५ सिट जाने बताएको छ । अन्यले ४७ सिट जित्ने अनुमान छ र रिपब्लिक भारत– म्याट्रिजले एनडीएलाई ३६१ सिट जित्ने बताएको छ भने आईएनडीआईएले १२६ सिट जित्ने बताएको छ ।
अन्यले ५६ सिट जित्ने बताएको छ । रिपब्लिक टीभी–पी एमएआरक्यूले एनडीएले ३५९ तथा आईएनडीआईएले १५४ सिट जित्ने बताएको छ । अन्य दलले मात्र ३० सिट जित्नेछन् । इन्डिया न्यूज – डी डायनामिक्सले एनडीएलाई ३७१, आईएनडीआईएलाई १२५ तथा अन्यलाई ४७ सिट जाने बताएको छ ।
न्यूज नेशनले एनडीएले ३६०, आईएनडीआईएले १६१ तथा अन्यले २२ सिट जित्ने बताएको छ । यसअघि चुनाव शुरु हुनुअघि इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् ।
उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको थियो । ५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ ।
भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।