आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्दै पुन:सत्तामा पुग्ने एक्जिट पोलको खुलासा

मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्दै पुन:सत्तामा पुग्ने एक्जिट पोलको खुलासा

  • मिडिया डबली
  • सोमवार, जेठ २१ २०८१

  • 2.5K
    SHARES

  • मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्दै पुन:सत्तामा पुग्ने एक्जिट पोलको खुलासा

    काठमाडौँ- विश्वकै सबैभन्दा ठूलो र लामो आम चुनाव भारतमा सम्पन्न भएको छ। शनिबार सातौँ चरणको मतदान सकिएसँगै एक्जिट पोलहरुले नतिजा आकलन सुरु गरेका छन्।

    अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन्। इन्डिया न्युज–डी डाइनामिक्सले मोदी नेतृत्वको एनडीए गठबन्धनले ३७१ सिट जित्ने आकलन गरेको छ।

    सो एक्जिट पोलले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई १२५ सिट दिएको छ। रिपब्लिक भारत–पीमार्कले एनडीएलाई ३५९ र इन्डिया गठबन्धनलाई १५४ सिट दिएको छ।

    जन की बात एक्जिट पोलले एनडीएलाई ३६२–३९२ सिट दिँदा इन्डिया गठबन्धनलाई १४१–१६१ छुट्याएको छ। पोल अफ एक्जिट पोल्सले एनडीएले ३६५ र इन्डियाले १४२ सिट जित्ने प्रक्षेपण गरेको छ।

    ५४३ सिटको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ। यी दुई गठबन्धनबाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरुको अनुमान छ। अन्य एक्जिट पोलहरुको प्रक्षेपण सार्वजनिक भइसकेको छैन।

    एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किनेछन्। स्वतन्त्रतापछि १७ वर्ष शासन चलाएका जवाहरलाल नेहरुपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन। शनिबार नै कंग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले भने आफ्नो गठबन्धनले २९५ सिट जित्ने बताएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend