काठमाडौँ- जनसम्पर्क समिति क्यानाडाले ओन्टारीयो प्रोभियन्सका (प्रिमियर) मुख्यमन्त्री डर्ग फोर्डसंग बिशेष भेटघाट गरेको छ।
नेपाली जनसम्पर्क समिति क्यानाडा समितिका सभापती बुद्धि प्रकाश वली, महामन्त्री बसन्त कार्की, संस्थाका केन्द्रिय सदस्य तथा सांस्कृतिक संघका संयोजक रिता बुर्लाकोटी, केन्द्रिय सदस्य कलाधार बिकसमेतको प्रतिनिधी मण्डलले ओण्टरिओका यातयात मन्त्री प्रबमित सरकारीया, दिपक आनन्दको अगुवाइमा बिशेष भेट गरी बिभिन्न मागको लागि ध्यानाकर्षण गरिएको हो।
क्यानाडको सरकारी कामकाजमा नेपाली भाषाको प्रयोगका लागी समिति ले धेरै समय अगाडी देखी पहल गर्दै आइरहेको छ ।हालै एनआरएनए क्यानाडाले समेत नेपाली भाषाबाट ड्राइभिङ लाइसेन्स लिनको लागि नेपाली भाषाबाट परिक्षा दिन पाउनको लागि यातायात मन्त्रीसंग भेटेर पहल गरेको बताएको छ।
हाल क्यानडाको सबै प्रभयिन्समा खास गरी नेपाली बिधार्थी र नेपाली समुदायको जनघनत्व बढ्र्दै गहरहेकोले ओन्टारीयो लगायत सबै प्रभीयन्समा लागु हुने गरी सवारी चालक अनुमती पत्र तथा सरकारी कामकाजका परिक्षमा नेपाली भाषाको प्रयोग गर्न प्रदेश सरकारका यातायत मन्त्री माननीय प्रबमित सरकारीया, माननिय दिपक आनन्द र (प्रियमर) मुख्य मन्त्री फोर्ड लाई कार्यक्रमा ध्यानकर्षण गराएको हो।
कार्यक्रममा नेपाली जनसम्पर्क समिती क्यानाडाका केन्द्रिय सदस्य कलाधर बिकेले क्यानाडा बासिहरुकोलागि चाहिने रक्तदान सेवा ११ औ पटक गरिरहेका छन्। उनलाई ओनटारीयो प्रदेशका यातायात मन्त्रीले कदर पत्र बाट सम्मानगरिएको थियो।
भेटमा संघिय सरकार मार्फत यस कार्य अगाडी बढिसकेको र छिट्टै कार्यन्यवन हुने प्रतिवद्धता पनि जाहेर गरेका छन्। कोभिढ महामारीमा प्रिमियर फोर्ड संगको सहकार्यमा समितिका महामन्त्री बसन्त कार्कीको सक्रियतामा क्यानडा सरकार मार्फत नेपालमा १६ हजार पि.पि.ई. २७ थान भेन्टिलेटर र अन्य आबश्यक सामाग्री सहयोग गर्न सफल पारेकोमा प्रिमियर फोर्ड लाई समितिका सभापती बुद्धि प्रकाश वलीले धन्यवाद ज्ञापन गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।