आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मे अन्तिममा क्यानडामा एनआरएनएको क्षेत्रीय सम्मेलन हुँदै

मे अन्तिममा क्यानडामा एनआरएनएको क्षेत्रीय सम्मेलन हुँदै

  • मिडिया डबली
  • मंगलवार, बैशाख १२ २०८०

  • 1.6K
    SHARES

  • मे अन्तिममा क्यानडामा एनआरएनएको क्षेत्रीय सम्मेलन हुँदै

    काठमाडौं -  मे महिनाको अन्तिममा गैर आवासीय नेपाली संघ अमेरीकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ ।

    गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरीका र ग्लोबल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद क्यानाडाको सयुक्त आयोजनामा मे २७ र २८ मा क्षेत्रीय सम्मेलन हुन लागेको हो ।

    सोमबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् अमेरिकाज क्षेत्रीय सम्मेलनको जानकारी दिइएको हो । सम्मेलनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले सम्मेलनमा नेपालको आर्थिक विकास र सामाजिक समृृद्विमा गैर आवासीय नेपाली संघको भुमिका भन्ने मूल विषयबस्तु अन्तर्गत गैर आवासीय नेपालीहरुको हित र सरोकारहरुसँग सम्बन्धित महत्वपुर्ण सवालहरुमा छलफल हुने जानकारी दिए ।

    उनले भने, ‘सम्रग नेपालको विकास र सामाजिक समृद्धिमा उनीहरुको योगदानलाई प्रवद्र्धन गर्न एनआरएनको भूमिकालाई थप शसक्त र प्रभावकारी बनाउने उदेश्य राखेको छौं ।’

    ‘सम्मेलनमा नेपालको उर्जा संकट सामाधानका लागि ग्रीन हाइड्रोजन उत्पादन तथा खपतः लगानीका अवसर र संभावनाहरु, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैर आवासीय नेपालीहरुमा रहेको ज्ञान, सीप, पुजी तथा प्रविधिको हस्तान्तरण, गैर आवासीय नेपालीहरुको लागि दोहारो नागरीकता कानूनको आवश्यकता र अबिलम्ब कार्यान्वयनका लागि नेपाल सरकारको दायित्व, गैर आवासीय नेपाली संघको संगठनात्मक विकास र आगामी रणनीती तथा समतामूलक र सामाजिक न्यायपुर्ण समाजका लागि गैर आवासीय नेपालीहरुले खेल्नु पर्ने भुमिका सवालहरुमा छलफल र बहस केन्द्रित हुनेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ । संयोजक पोखरेलले एनआरएनएबीच वृहत्तर एकताका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

    त्यस्तै एनआरएनए क्यानडा अध्यक्ष अञ्जनी भट्टराईले नेपालको समृद्धिमा विदेशमा रहेका नेपालीको योगदानलाई प्रभावकारी बनाउने विषयमा सम्मेलनमा छलफल हुने बताए ।

    त्यस्तै अमेरिका अध्यक्ष डा सूर्य लम्सालले सम्मेलनलाई उपलब्धिमूलक बनाउने गरी तयारी भइरहेको जनाए । ‘सम्मेलन केवल सम्मेलनका लागि मात्रै नहोस् भन्नेमा हामी सचेत छौं ।

    उपलब्धीमूलक कसरी बनाउन सकिन्छ भन्नेमा हामी बढि केन्द्रीत छौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल र विदेशमा रहेका नेपालीको हीतका पक्षमा एनआरएनको भूमिकालाई प्रभावकारी बनाउनेबारे सम्मेलनमा छलफल हुनेछ ।’

    साथै सम्मेलनले विश्वभर स्थापित र कार्यरत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रभावकारीरुपमा कार्य गर्नका लागि मार्गदर्शन तथा कार्यदिशा प्रदान गर्ने विश्वास लिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १९ २०८११०:३६:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend