काठमाडौं - सरकारले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्नको लागि अमेरिकाको भिसा दिन पहल गरे पनि नदिएको जानकारी दिएको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले अझै सरकारले पहल गरिरहेको जानकारी दिईन्। उनले भनिन्, ‘सन्दीप लामिछानेलाई भिसा दिलाउन सरकारले पहल प्रयत्न गर्यो। अब अमेरिकाले भिसा दिएन। भिसा दिनु नदिनु उसको आफ्नो देशको कुरा पर्यो। यसमा सरकारको पहलकदमीको कुरा आफ्नो ठाउँमा छँदै छ। यो भिसा किन दिएन भनेर हामीले उत्तर दिने कुरा हो भन्ने लाग्दैन। यो सम्बन्धित देशकै कुरा हो। त्यो विषयमा थप पहल प्रयत्न भइरहेको छ, के हुन्छ हेरौँ।’
टी-२० विश्वकप खेल्न जान लागेका सन्दीपलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा अस्वीकार थियो। पहिलो पटक अस्वीकृत भएपछि सरकार आफैँले पहल गरे पनि बिहीबार सन्दीपलाई बोलाएको दूतावास कन्सुलरले पुनः भिसा अस्वीकार भएको जानकारी दिएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।