सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भोलि सार्वजनिक बिदा दिइएको छैन : मन्त्री शर्मा

भोलि सार्वजनिक बिदा दिइएको छैन : मन्त्री शर्मा

  • मिडिया डबली
  • सोमवार, आश्विन २२ २०८०

  • 5.1K
    SHARES

  • भोलि सार्वजनिक बिदा दिइएको छैन  : मन्त्री शर्मा

    काठमाडौं - इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ ।

    तर, सार्वजनिक बिदा भने दिइएको छैन । यसअघि एक मन्त्रीले दिएको सूचनामा भर परेर नेपाल प्रेससहित थुप्रै सञ्चारमाध्यमले भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरेका थिए ।

    तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । स्रोतका अनुसार बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो ।

    तर, निर्णय भएन । मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १८ २०८१०६:११:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend