काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
शुक्रबार कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागको सदस्यहरूमा दश जनालाई मनोनयन गरेका हुन्। कांग्रेसकी केन्द्रीय सदस्य सीता थपलिया ‘उर्मिला’ विभागको प्रमुख रहेकी छिन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा खगेन्द्र आचार्य (काठमाडौं), विस्वामित्र रिजाल (सर्लाही), अशोककुमार साह (सिराहा)लाई मनोनयन गरिएको छ ।
मुकेश गुप्ता (रौतहट), रवि सापकोटा (नवलपुर), रामकृष्ण ढुङ्गेल (रामेछाप), विपिन राई (संखुवासभा), उपेन्द्र जोशी (कैलाली), वसन्त जोशी (दाङ्ग) र लक्ष्मी कार्की (सुर्खेत) पनि सदस्यमा मनोनयन भएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।