काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय प्रतिनिधिमा नेविसंघका बहालवाला र पूर्वमहामन्त्री पराजित भइरहेका बेला महामन्त्री उर्मिला थपलिया भने सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नम्बर १ क्षेत्रीय अधिवेशनमा खुल्ला महिलातर्फ उनी ६ सय तीन मत ल्याएर प्रतिनिधि चयन भएकी हुन् ।
थपलिया नेविसंघका साथै कांग्रेस राजनीतिमा लोकप्रिय छिन् । २०६२–६३ को लोकतन्त्र प्राप्तिको आन्दोलनमा सडकमा अग्रमोर्चामा रहेर आन्दोलन गर्दा प्रहरीको कुटाइबाट उनको टाउको फुटेको थियो ।





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।