काठमाडौँ - क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दुताबासले अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।
स्रोतका अनुसार परराष्ट्रले बुधबार दुताबासलाई नोट पठाएपछि आज अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।
बिहीबार बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेट गरेका थिए । भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउदै भिसा स्वीकृत हुनेमा आशा व्यक्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।