आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?

बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?

  • मिडिया डबली
  • मंगलवार, जेठ १५ २०८१

  • 1.6K
    SHARES

  • बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?

    काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका छन् ।

    मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

    अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पुनले बजेट सार्बजनिक गर्दै यस बजेटका पाँच उद्धेश्य र पाँच प्राथमिकता रहेको बताएका छन् ।

    बजेटका पाँच उद्देश्य 

    १-  उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, 

    २-  निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,

    ३- मानव संसाधन विकास गर्नु,

    ४-  स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, र

    ५-  सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु । 
     
    बजेटका पाँच प्राथमिकता:

    १-  आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, 

    २-  कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास  तथा पूर्वाधार निर्माण,

    ३-  शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,

    ४- समावेशिता र सामाजिक सुरक्षा, र  

    ५- सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार। 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०६:५०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend