काठमाडौं - अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति नदिने निष्कर्षमा ओली सरकार पुगेको छ ।
भदौ मसान्तमा आफ् नो चार वर्षे कार्यकाल पूरा भएपछि कुलमानले अवकाश पाएका थिए । तर, लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै जनताले नै उनलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका थिए ।
त्यसका लागि अभियान नै चलेको थियो । देशभर सडक आन्दोलन पनि भएको थियो । तर, सरकारले त्यसलाई बेवास्ता गर्दै दुई महिना झुलाएर इस्यु पुरानो भएपछि प्राधिकरणमा आफ्ना मान्छेलाई कार्यकारी निर्देशक नियु्क्ति गर्न लागेको छ ।
स्रोतका अनुसार अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पक्षधर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने ऊर्जा मन्त्रालयको तयारी छ । प्रधानमन्त्री केपी ओलीले समेत शाक्यलाई नियुक्ति दिलाउने गरी प्रक्रिया थाल्न मन्त्री पुनलाई निर्देशन दिइसकेको बुझिएको छ ।
केही दिनभित्रै उनलाई नियुक्ति दिइँदैछ । अहिले सिए लेखनाथ कोइराला प्राधिकरणको निमित्त कार्यकारी निर्देशक छन् । १२औं तहका सिनियर कर्मचारी भएकाले उनलाई जिम्मेवारी दिइएको हो ।
शाक्य ११औं तहका जुनियर कर्मचारी हुन् । तर, प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँग नाता जोडेर हितेन्द्रदेवले प्राधिकरणको नेतृत्व हात पार्न लागेको प्राधिकरणमा अहिले चर्चा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।