आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कुलमान हटेसँगै जान थाल्यो झ्यापझ्याप बत्ती, ऊर्जामन्त्री पुनलाई आपत

कुलमान हटेसँगै जान थाल्यो झ्यापझ्याप बत्ती, ऊर्जामन्त्री पुनलाई आपत

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 8.8K
    SHARES

  • कुलमान हटेसँगै जान थाल्यो झ्यापझ्याप बत्ती, ऊर्जामन्त्री पुनलाई आपत

     काठमाडौं - केही दिनयता देशभर छिनछिनमा बत्ती जाने र आउने क्रम सुरु भइरहेको छ । नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङ रहुञ्जेलसम्म त्यति धेरै समस्या थिएन, तर उनी हटेको एक साता नबित्दै काठमाडौंसहित देशका विभिन्न स्थानमा बत्ती जान थालेको छ ।

    नेपाली जनताले अब फेरि लोडसेडिङ हुन थालेको हो कि भन्ने अनुमानसमेत गरेका छन् । यसरी पूर्वसूचनाविनै लामो समयसम्म बत्ती जान थालेपछि ऊर्जामन्त्री वर्षमान पुनलाई आपत परेको छ ।

    मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले सामाजिक स्टाटस लेख्दै यदि त्यसरी बत्ती गए मन्त्रालय तथा मन्त्रीको निजी सचिवालयमा फोन गर्न आग्रह गरेका छन् ।

    ललितपुरका केही स्थानमा बत्ती काटिने विषयमा भ्रम पर्न गएको जानकारी दिँदै उनले यस्तो समस्या अन्यत्र भएमा पनि फोन गर्न भनेका छन् । ऊर्जामन्त्रीको निजी सचिवालयबाटै यस्तो नोटिस आउनुले कुलमान घिसिङलाई पुनः नियुक्ति नगर्दाको तनाव अहिलेदेखि नै सुरु भइसकेको बुझिन्छ ।

    किनभने सरकारले कानुनी छिद्र देखाउँदै घिसिङलाई कार्यकारी निर्देशक नियुक्ति गर्न नमिल्ने तर्क गर्दै आएको छ । तर, जनताले भने उनलाई नै पुनः नियुक्ति गर्न दबाब दिइरहेका छन् । कुलमानलाई नियुक्ति गर्ने विषयमा ऊर्जामन्त्री पुनसमेत सकारात्मक नभएको बताउन थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १४ २०७७०७:३३:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend