काठमाडौं - ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे कुनै निर्णय नभएको बताएको छ ।
उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई नै निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव नलगिएको बताएका छन् ।
विभिन्न सामाजिक सञ्जाल एवं केहि मिडियामा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिएको र त्यसबारे निर्णय भइनसकेको मन्त्रालयले जनाएको हो ।
मंगलबार मन्त्रिपरिषद्को बैठक समेत यो विषयमा कुनै निर्णय नभएको मन्त्री पुनले बताएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।