काठमाडौं - नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा आफ्नै भवन बनाउने भएको छ। काठमाडौंको रवि भवनमा रहेको करिब दुई रोपनी जग्गामा तरुल दलले आफ्नै भवन बनाउन लागको जानकारी दिएको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले गएकाे चैत्र १५ र १६ गते बसेको केन्द्रिय समितिको बैठकमा काठमाडाैंमा तरुल दलकाे आफ्नै भवन बनाउने प्रस्ताव पेश गरेका थिए ।
उक्त बैठकबाट तरुल दलकाे भवन बनाउने विषय सर्वसम्मतिले पारित भएको थियाे । भवन निर्माणका लागि तरुण दलले चितवन स्थायी घर भएकी नानिमैयाँ श्रेष्ठकाे जग्गा प्राप्त गरेकाे छ ।
दलले आफ्नै केन्द्रिय सदस्यहरुबाट रकम संकलन गरी भवन निर्माणकाे तयारी थालेकाे हाे । करिब तीन करोड लागतमा भवन निर्माण गरिने अध्यक्ष गुरुङले जानकारी दिएका छन्।
हालसम्म भवन निर्माणका लागि ६७ लाख ७२ हजार १०२ रुपैयाँ प्राप्त भएको तरुण दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले जनाकारी दिएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।