आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

स्वास्थ्यकर्मीहरूप्रति दुर्व्यवहार भएपछी तरुण दलले गर्यो यस्तो अपिल

स्वास्थ्यकर्मीहरूप्रति दुर्व्यवहार भएपछी तरुण दलले गर्यो यस्तो अपिल

  • मिडिया डबली
  • सोमवार, भाद्र ८ २०७७

  • 5.7K
    SHARES

  • स्वास्थ्यकर्मीहरूप्रति दुर्व्यवहार भएपछी तरुण दलले गर्यो यस्तो अपिल

    काठमाडौं - नेपाली तरुण दलले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर सेवा दिँदै आएका स्वास्थ्यकर्मीहरूप्रति दुर्व्यवहार, अपहेलना, आक्रमण भएको भन्दै गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

    तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार बिहान विज्ञप्ति जारी गरेर स्वास्थ्यकर्मी र चिकित्सकहरूमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहारको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

    ‘विगत केहि दिनदेखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगायत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदायलाई हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमणप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिा भनिएको छ ।

    ‘त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

    पछिल्लो समयमा समुदायस्तरमा नै कोरोना महामारी फैलिएको भन्दै अध्यक्ष बस्नेतले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको बताए । उनले निषेधाज्ञामा सहयोग गर्दै स्वास्थ्यका लागि तोकिएको मापदण्ड कार्यान्वयन गर्न पनि अनुरोध गरेका छन् ।

    ‘यस्तो विषम परिस्थितिमा समाजको अग्रपंक्तिमा रहि जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति नेपाल तरुण दल केन्द्रीय समिति उच्च सम्मान प्रकट गर्दछ’, उनले भनेका छन् ।

    काठमाडौंसहित देशका विभिन्न स्थानमा कोरोना महामारीका बेला चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुर्व्यवहारका घटनाहरू भएपछि तरुण दलले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता कार्य नगर्न अपील गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २० २०७७१२:४९:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend