आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीविरुद्ध देशभर संयुक्त रूपले उत्रिन तरुण दलको निर्देशन

केपी ओलीविरुद्ध देशभर संयुक्त रूपले उत्रिन तरुण दलको निर्देशन

  • मिडिया डबली
  • बुधवार, माघ १४ २०७७

  • 6.4K
    SHARES

  • केपी ओलीविरुद्ध देशभर संयुक्त रूपले उत्रिन तरुण दलको निर्देशन

    काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा संयुक्त रूपमा प्रदर्शन गर्न देशभरका समितिलाई निर्देशन दिएको छ ।

    बुधबार अध्यक्ष जित जङ्ग बस्नेतले देशभर परिपत्र गर्दै पार्टीको निर्णय बमोजिम माघ १९ गते देशभर प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

    ‘माघ १६ गते शहिद दिवस भएकाले शहिदहरूको सम्मानमा कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धि हुने विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरू गरी मनाउन,’ परिपत्रमा उल्लेख छ, ‘नेपाल कम्युनिस्ट पार्टीका केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार २०७७ माघ १९ गते सोमबार सबै भातृ संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त रूपले विरोध प्रदर्शन र विरोधसभा आयोजना गर्ने निर्णय भए बमोजिम नेपाल तरुण दल त्यस जिल्ला समितिले नेपाली कांग्रेस जिल्ला समितिसँग समन्वय गरी जिल्ला पार्टी कार्यालयमै सबै जिल्लास्तरीय भातृ संस्थाहरूको तुरुन्त बैठक राखी माघ १९ गते गरिने विरोध कार्यक्रम तय गरी संयुक्त रूपमा विरोध कार्यक्रम गर्न यो परिपत्र गरिएको छ ।’

    143504027_413508743236833_5468040274812875412_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend