काठमाडौँ- ३८ औ बीपी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले रवि भवनमा अवस्थित बाल “संरक्षण अभियान नेपाल” नामक बाल आश्रममा (फलफुल, मास्क, स्यानीटाईजर, साबुन) वितरण गरेको छ ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
त्यसै गरी कार्यक्रममा सहयोग पुर्याईदिने नेपाली काँग्रेस महालक्ष्मी न.पा. वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत दिएको छ ।
यसै गरी देशभर ७७ वटै जिल्लामा नेपाल तरुण दलले आज ३८ औ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।











मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।