काठमाडौँ- नेपाल तरुण दल केन्द्रिय समितिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार एक कार्यक्रमका बीच नेपाल तरुण दल केन्द्रिय समितिका तर्फबाट केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं लगायतले कोभिड–१९ कोरोना भाईरस उपचारमा सहयोगको लागि ९४००० थान मास्क, ३० थान पि।पि।ई सेट र ५२ थान फेस शिल्ड० हस्तान्तरण गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका तर्फबाट प्रतिनिधित्व गर्दै डा. सुबास आचार्य र डा. लक्ष्मण श्रेष्ठले उक्त सामग्री लिएका थिए । यस्तै सामग्री लिदै डा. सुबास र लक्ष्मणले तरुण दल केन्द्रिय समितिलाई धन्यवाद ज्ञापन गरेको छ । यस्तै आगामी दिनमा फेरी पनि सहयोग गर्ने भन्दै तरुण दल केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
यस्तै नेपाल तरुण दल केन्द्रिय समितिले स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याई दिनुहुने नेपाली काँग्रेस काठमाण्डौँ क्षेत्र नं.३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई धन्यवाद समेत ब्यक्त गरेको छ ।
तरुण दलले बिगत लामो समय देखि जनताको लागि समर्पित्त भई समाजसेवाको काम गरिरहेको छ भने कोभिड-१९ कोरोना भाईरसको संक्रमण सुरु भए देखि नै स्वास्थ्य सामाग्री वितरण कार्यमा लागिपरेको छ ।








मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।