आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

तरुण दलले लोकतन्त्र बचाउन जस्तो सुकै कदम चाल्ने छ : चापागाई

तरुण दलले लोकतन्त्र बचाउन जस्तो सुकै कदम चाल्ने छ : चापागाई

  • मिडिया डबली
  • शनिवार, श्रावण १० २०७७

  • 5.9K
    SHARES

  • तरुण दलले लोकतन्त्र बचाउन जस्तो सुकै कदम चाल्ने छ : चापागाई

    धादिङबेसी - नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईले खबरदारी गर्नकै लागि तरुण दलको स्थापना भएको बताएका छन् ।

    नेपाल तरुण दल धादिङले शुक्रबार धादिङबेसीमा ‘तरुण दर्पण’को बिमोचन तथा ‘भावी कार्यदिशा’ विषय कार्यक्रमलाई सम्बोधन गर्दै चापागाइँले तरुणहरूले अहिले पनि वीपीको मार्गनिर्देशनलाई पछ्याइ रहेको बताए ।

    उनले पार्टीभित्र हुने कुनै पनि प्रकारका गलत कुराहरूको अन्त्यका लागि तरुणहरूले खबरदारी गर्नुपर्ने बताए । ‘हिजोका दिनमा पार्टीभित्रका उन्मादलाई तरुणहरूले रोक्नुपर्छ भनेर संस्थापकले भन्दै गर्दा आज पनि यो मुलुकमा भएको बेथितिलाई खबरदारी गरेर हाम्रो पार्टीको कलहलाई निस्तेज पार्ने काम पनि तरुणहरूले गर्नुपर्छ’, उनले भनेका छन् । ‘तरुण दलको यो निर्देशन पनि हो ।

    धादिङमा के छ ? भोजपुरमा के छ ? डडेल्धुरामा के छ ? कैलालीमा के छ ? हामीलाई राम्रोसँग थाहा छ’, उनले भने, ‘सबै कुरा थाहा छ । हामी हिँडेका छौँ । चाहे चार जना हौँ । चाहे दुई जना हौँ । हामीले मस्तसँग कार्यक्रम गरेका छौँ’, उनले भने, ‘यो मुलुकमा कम्युनिस्टले ल्याएको झण्डै दुईतिहाइको बहुमत पश्चता र राष्ट्रपतिबाट शुरुमा जुन किसिमको गल्ती भयो, तत्कालीन प्रधानमन्त्रीले पाएको अधिकार तीन जना सांसदहरू राष्ट्रय सभामा मनोनीत गर्दै गर्दा त्यो कुरा राष्ट्रपतिबाट अस्वीकार भयो ।’

    ‘पार्टीको अध्यक्षको हैसियतबाट संसदको शपथ नगरिकन प्रधानमन्त्री भएको व्यक्तिले गरेको सिफारिसलाई रातारात सहि गर्ने कामका विरुद्ध तरुण दलले यो मुलुकमा आन्दोलन गरेको छ’, उनले भने, ‘अब यो मुलुकमा कम्युनिस्टले प्रतिगमनतर्फ लग्यो, कम्युनिस्ट शासन यहाँ लागू गर्छ भन्ने कुराबाट हामीले आन्दोलन शुरु गरेका छौँ ।’ ‘चाहे निर्मला पन्तको बलात्कार हत्याको काण्ड हुन्, चाहे सुनका काण्डका कुरा हुन्’, तरुण उपाध्यक्ष चापागाइँले भने, ‘तरुणप्रति आकर्षित भएर लोकतन्त्र बहाली र लोकतन्त्रको रक्षा गर्नुपर्छ भनेर तपाईहरू यहाँ उपस्थित हुनुभएको छ ।

    तपाईहरू हरेस नखानुस् ।’ ‘हामीलाई विश्वास छ नेपाली कांग्रेस युवाहरूको घर हो । नेपाली कांग्रेस लोकतन्त्रवादीको घर हो । यो घरलाई हामीले संरक्षण गर्नुपर्छ’, उनले भने, ‘यो घरले हामीलाई दिनुपर्ने न्यानो दिनुपर्छ भन्ने मान्यताको आवाज नेपाल तरुण दलले देशभरि उठाउनेछ ।’

    ‘आउँदै गरेको अधिवेशनमा तपाई हामीले हाम्रा क्रियाशील सदस्यता वितरणदेखि लिएर अधिवेशनहरूमा आवाज बुलन्द गरेर गाउँगाउँमा जानुपर्नेछ’, उनले भने, ‘हामी ईकाइ–ईकाइ पुग्नुपर्नेछ । मातृपार्टी कांग्रेसभित्र रहेका नचाहिँदा विभिन्न किसिमका गतिविधिहरू, अनर्गल गतिविधिहरू तरुणहरूले रोक्नुपर्नेछ । खबरदारी गर्नुपर्दछ ।’ ‘हामीले लत्तो छाड्दै गर्दा हाम्रो पुर्खाहरूले जेल बसेर ल्याएको प्रजातन्त्र लोकतन्त्रमाथि धावा बोल्ने काम भएको छ’, उनले भने, ‘आज चाइनाबाट हाम्रा साथीहरूले यहाँ जुम मिटिङ गरे जस्तो चीनको कम्युनिस्टसँग यहाँको सरकारले वार्ता गर्न थालेको छ ।’

    ‘यो मुलुक हाँक्छु चलाउँछु, चाइनाबाट कम्युनिस्ट शासन चलाउँछु भनेर यहाँको शासनकहरू लागेका छन्’, उनले भने, ‘हामीलाई लड्नु पर्ला । संघर्ष गर्नुपर्नेछ । हामीले यो कुरा बुझ्न जुरुरी छ ।’ ‘पार्टीभित्र रहेका आन्तरिक कलहरूलाई हामी तरुणहरूले सच्याउन जरुरी ठानेको छु’, उपाध्यक्ष चापागाइँले भने, ‘कांग्रेसको नेतृत्व तह पनि सच्चिनुपर्छ ।’

    ‘हिजो गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईका बीचमा कुरा नहुँदै गर्दाखेरी नेपाल तरुण दलले कुरा गराएको कुरा पनि तपाईहरूले स्मरण गर्नुपर्छ’, उनले भने, ‘त्यस बेला हामीले वार्ता गराउँदै गरेको फोटो त्यस बेला ७५ जिल्लालाई दिएका थियौँ ।

    त्यो तस्बिर सन्देशको लागि थियो ।’ ‘हामीले कोही पनि नेतालाई काखापाखा गर्नु छैन । हाम्रा केही कमीकमजोरी होलान्’, चापागाइँले भने, ‘हाम्रो नेतृत्वबाट पनि कमीकमजोरीमा परियो होला । हाम्रा कारणले पनि कमीकमजोरीमा परियो होला । लोकतन्त्रका निम्ति कुनै पनि प्रकारको सम्झौता हामीले गरेका छैनौं ।’ ‘यो मुलुकमा वामपन्थीहरूले जबरजस्ती रुपमा चलाएको विरोधमा नेपाल तरुण दलले एक ईञ्च पछाडि हटेको छैन’, उनले भनेका छन् ।

    ‘नेपाली कांग्रेस भनेको लोकतन्त्र हो । घर भत्काउन कोही आउँछ भने त्यसलाई हामीले ठोक्नुपर्छ’, उनले भने, ‘त्यो काम तरुण दलले गर्छ । कांग्रेसलाई राम्रो बनाउनको निम्ति पनि लागिपर्ने हुन्छ ।’ ‘कांग्रेसले संरक्षण पनि गर्छ’, तरुण दलका उपाध्यक्ष चापागाइँले भने, ‘उन्नत भविष्यका लागि पनि काम गर्छ ।’ ‘थोरै पद हुन्छ ।

    धेरै मान्छे आकांक्षी हुन्छन् । सबै जिल्लामा विवाद छ भन्ने पनि छैन’, उनले भने, ‘थोरै जिल्लामा विवाद छ । धादिङमा पनि विवाद होला । एउटै कुरा सोँच्नुपर्छ ।’ ‘जित्नेले हार्नेको सम्मान गर्न सक्नुपर्छ । हार्नेले जित्नेको सम्मान गर्न सक्नु पर्यो’, उनले भने, ‘जिल्लाभरिका साथीभाइले चुनेको नेतृत्व हुन्छ ।

    कुरा उठेको छ । ४० नम्बर ल्याउनेलाई के भन्ने ? ६० नम्बर ल्याउनेलाई के भन्ने ? ४० ल्याउनेलाई बाहिर जाउ भन्न त मिलेन होला ? कांग्रेसका नेताले बुझ्नुपर्ने कुरा के छ भने, हामी एक नहुँदा, आज त यति सिटमा आयौँ ।’ ‘यस्तै प्रवृत्ति भयो भने हिजो राजा र राणासँग लडेजस्तो कम्युनिस्ट लड्न सजिलो छैन ।

    हिजो चौकीमा ढुंगा हान्दा हुन्थ्यो’, उनले भने, ‘हिजो केही पञ्चमाथि आक्रमण गर्दा हुन्थ्यो भने अब वडा–वडामा छरिएका कम्युनिस्टहरूसँग हामी भिड्नुपर्नेछ ।’ ‘ठूलो छाती र ठूलो सोँच सबै नेतृत्व र तरुण साथीहरू अगाडि बढ्नुपर्नेछ’, उनले भने, ‘कुनै पनि साथीलाई हिनताबोध नहुने गरी काम गर्नको निम्ति तरुण दलका साथीहरूलाई निर्देशन दिन चाहन्छ ।’

    ‘हाम्रो महत्वपूर्ण चाढ बनेको महाधिवेशन हो । महाधिवेशन आउँदै छ । क्रियाशील सदस्य बन्न चाहनेहरूलाई बञ्चित नगरौँ’, उनले भनेका छन्, ‘कम्युनिस्टलाई जोडेर प्रतिनिधि ल्याउने कोशिस नेतृत्व तहले गर्नु हुँदैन ।’ ‘प्रतिवद्ध नेपाली कांग्रेसको क्रियाशील हुने र काम गर्नका लागि प्रतिवद्ध व्यक्तिलाई क्रियाशील सदस्यता दिनुपर्छ । हाम्रा गफले कांग्रेस बन्दैन’, उनले भने, ‘कम्युनिस्टहरू घरघरमा आउने अवस्था आइसकेको छ ।’

    उपाध्क्ष चापागाइँले भनेका छन्, ‘सबै युवाहरू लोकतन्त्र बचाउनको लागि तयारी अवस्थामा रहन जुनसुकै प्रकारको कदम चाल्नुपर्ने अवस्था छ ।’ ‘यही बेला हामीलाई पुलिस प्रशासनले धोका दिन्छ । दुःख दिन्छ विभिन्न बहानामा, विभिन्न खालका लाञ्छनाहरू लगाउँछ’, उनले भने, ‘गम्भीर र सचेत भएर यो मुलुकको लोकतन्त्र बचाउनुछ ।’

    ‘नेकपाको कार्यकर्ता जस्ता भएका प्रहरी प्रशासनलाई चेतानवी दिनु चाहन्छु ‘साथी हो समुद्रमा पानी सुक्यो भनेर हिँड्नेहरू हिलामा गाडिएर मर्न पनि सक्छन्’ नेपाली कांग्रेस यस्तो पार्टी हो’, उनले भनेका छन् । ‘हिजो पनि नेपाली कांग्रेसले आफैले गराएको निर्वाचन हारेको छ’, उनले भने, ‘अब कांग्रेस स्थानीय तहदेखि केन्द्रसम्म बहुमतका साथ आउनेछ ।

    तरुण साथीहरूलाई लाञ्छना र आक्रमण नगर्न छ ।’ कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाली कांग्रेसका पूर्वसांसदद्वय दिलमान पाख्रिन र रामनाथ अधिकारी, तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्मालगायतका नेता तथा कार्यकर्ताहरूको खचाखच उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २० २०७७१२:४९:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend