आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पुनम पाण्डे भारत सरकारको ‘सर्बाइकल क्यान्सर’ को ब्रान्ड एम्बेस्डर बन्न सक्ने

पुनम पाण्डे भारत सरकारको ‘सर्बाइकल क्यान्सर’ को ब्रान्ड एम्बेस्डर बन्न सक्ने

  • मिडिया डबली
  • बिहिवार, माघ २५ २०८०

  • 1.7K
    SHARES

  • पुनम पाण्डे भारत सरकारको ‘सर्बाइकल क्यान्सर’ को ब्रान्ड एम्बेस्डर बन्न सक्ने

    मुम्बई, २५ माघ - अभिनेत्री तथा मोडल पुनम पाण्डे सरकारको पाठेघरको मुखको क्यान्सर अभियानको ब्रान्ड एम्बेस्डर बन्ने देखिएको छ ।

    पछिल्ला केही दिनदेखि आफ्नो मृत्युको अफवाह फैलाएर चर्चामा रहेकी पाण्डे सर्वाइकल क्यान्सरको बारेमा जनचेतना फैलाउनका लागि भारत सरकारको ब्रान्ड एम्बेसडर बन्न सक्ने देखिएको हो । 

    भारतीय सञ्चारमाध्यमका अनुसार त्यसका लागि अभिनेत्री पुनम पाण्डे र उनको टोलीले केन्द्रीय स्वास्थ्य मन्त्रालयसँग कुराकानी गरिरहेको छ। पूनम पाण्डे पाठेघरको मुखको क्यान्सर सम्बन्धी सरकारले चलिरहेको सचेतना कार्यक्रमको ब्रान्ड एम्बेसडर बन्न सक्ने भएको उनीहरूले लेखेका छन् ।

    वास्तवमा यस महिनाको सुरुमा पाण्डेको पीआर टोलीले उनको आधिकारिक इन्स्टाग्राम खाताबाट अभिनेत्रीको मृत्युको गलत समाचार पोस्ट गरेको थियो। पोस्टमा भनिएको थियो कि अभिनेत्रीको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको हो । 

    बिरामी भएर एक्कासी निधन भएको खबरले सबैलाई चकित बनाएको थियो । तर भोलिपल्टै यो खबर झुटो भएको खुलासा भयो र जब पुनमले नै पाठेघरको मुखको क्यान्सरबारे जनचेतना फैलाउन यो स्टन्ट गरेकी बताइन ।

    फेब्रुअरी ३ मा पुनम पाण्डेले भिडियो पोस्ट गरेर आफू जीवित रहेको जानकारी दिएकी थिइन् । उनले भनिन्, ‘म यो गर्न बाध्य महसुस गर्छु। म तपाईहरू सबैसँग केही महत्त्वपूर्ण कुराहरू साझा गर्दैछु, म यहाँ छु, जीवित छु। पाठेघरको मुखको क्यान्सरले मलाई मारेको छैन तर यो रोगसँग कसरी लड्ने भन्ने जानकारी नहुँदा हजारौं महिलाको ज्यान लिइसकेको छ ।’

    पुनमले अगाडी भनेकी थिइन, ‘अन्य क्यान्सरजस्तै पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। महत्त्वपूर्ण कुरा यो हो कि यसका लागि एचपीभी भ्याक्सिन र प्रारम्भिक पहिचान परीक्षणहरू छन्। यो रोगबाट कसैको मृत्यु नहोस् भन्ने सुनिश्चित गर्ने उपाय हामीसँग छ ।’ पूनमले पाठेघरको मुखको क्यान्सरबारे मानिसहरूलाई सचेत गराउन आफूले मृत्युको नक्कली गरेको बताएकी थिइन् । त्यसपछि उनी निकै चर्चामा आएकी थिइन ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १९ २०८०१२:४९:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend