काठमाडौं - भारतकी चर्चित मोडल पुनम पाण्डेको निधन भएको छ । ३२ वर्षीया पुनमको क्यान्सर रोगका कारण शुक्रबार निधन भएको भारतीय मिडियाहरूले जनाएका छन् ।
पुनमको म्यानेजरले उनलाई सर्वाइकल क्यान्सर रहेको बताएका छन् । आफ्नो बोल्ड तस्बिर र अभिव्यक्तिका कारण पुनम सधैं चर्चामा आउने गरेकी थिइन् ।
पुनमको आधिकारिक इन्स्टाग्राममा क्यान्सर रोगका कारण उनको निधन भएको उल्लेख गरिएको छ । उत्तर प्रदेशमा क्यान्सर रोगको उपचार गराइरहेकी पुनमको आफ्नै गृहनगरमा अन्त्येष्टि गरिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।