आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

१९ वर्ष आजकै दिन ज्ञानेन्द्र शाहले गरेका थिए ‘शाही कू’

१९ वर्ष आजकै दिन ज्ञानेन्द्र शाहले गरेका थिए ‘शाही कू’

  • मिडिया डबली
  • शुक्रवार, माघ १९ २०८०

  • 2.6K
    SHARES

  • १९ वर्ष आजकै दिन ज्ञानेन्द्र शाहले गरेका थिए ‘शाही कू’

    काठमाडौं - १९ वर्षअघि २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘शाही कू’ गरेका थिए । नेपालको राजनीतिक इतिहासमा ‘माघ १९’ लाई कालो दिनका रुपमा हेर्ने गरिन्छ ।

    आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले बहुदलीय प्रजातान्त्रिक शासनको अन्त्य गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । दलहरुमाथि अंकुश लगाउँदै सत्ता कब्जा गरेको दिनलाई कालो दिनको रुपमा नेपाली राजनीतिको इतिहासमा चित्रित भएको हो ।

    ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्यूत गरी आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद गठन गरेका थिए । दलीय नेतृत्वलाई हटाइ महत्वाकांक्षी रुपमा शासनसत्ता हत्याएका ज्ञानेन्द्रको कदम नै राजतन्त्रको अवशान हुनुको पहिलो ‘बलियो’ आधार बन्न पुगेको भनेर राजनीतिमा हेरिने गरिन्छ ।

    त्यतिबेला ज्ञानेन्द्रले शाही घोषणामार्फत शासनसत्ता आफ्नो हातमा लिएका थिए भने त्यसैदिनबाटै नेपाली सञ्चारमाध्यमसमेतमा ‘सेन्सरसीप’ लगाइएको थियो । सेनाका मेजरहरु सम्पादकका रुपमा सम्पादन कक्षमा बसेर समाचार सम्पादन गर्ने गर्थे ।

    आफूलाई मन नपरेको समाचार हटाउन लगाउने, आफैं सम्पादन गर्ने गर्थे । ज्ञानेन्द्र शाहको निरंकुश शासनसत्ता २०६२ र ०६३ को जनआन्दोलनपछि अवसान भएको थियो ।

    तर अहिले १९ वर्षपछि ज्ञानेन्द्र शाह आफूले दिएको नासो श्रीपेच खोज्न थालेका छन् । विभिन्न जिल्ला र मठमन्दिर गएर उनले जनताले राजा आऊ देश बचाऊ भन्न लागेको भन्दै राजनीतिक भाषण दिन थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ६ २०७७०७:१९:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend