आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डदेखि देउवासम्मका सुरक्षाकर्मी धमाधम फिर्ता, पूर्वराजा ज्ञानेन्द्रले लेखे सरकारलाई यस्तो पत्र !

प्रचण्डदेखि देउवासम्मका सुरक्षाकर्मी धमाधम फिर्ता, पूर्वराजा ज्ञानेन्द्रले लेखे सरकारलाई यस्तो पत्र !

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 53.3K
    SHARES

  • प्रचण्डदेखि देउवासम्मका सुरक्षाकर्मी धमाधम फिर्ता, पूर्वराजा ज्ञानेन्द्रले लेखे सरकारलाई यस्तो पत्र !

    काठमाडौं – सरकारले पूर्व राजा, पूर्व प्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति (भीआईपी) ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ ।

    गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो ।

    गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही समयअघि पूर्व विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो ।

    नयाँ स्वीकृत कार्यविधिअनुसार अब पूर्व राष्ट्रपतिले २१ जना, पूर्व प्रधानमन्त्रीले १८ जना, पूर्व राजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले २ जना सुरक्षाकर्मी राख्न पाउनेछन् भने पूर्व प्रधानन्यायाधीश र पूर्व प्रहरी महानिरीक्षकले पनि २ जना सुरक्षाकर्मी राख्न पाउने छन् ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले नयाँ कार्यविधि कार्यान्वयनगर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको बताए । ‘पूर्व विशिष्ट व्यक्तिलाई कति सुरक्षाकर्मी आवश्यक छ र कति दिनुपर्ने भन्ने यकिन भइसकेको छ, यकिन भएकोभन्दा बढी भए फिर्ता हुन्छ । त्यहीअनुसार सम्बन्धित निकायमा निर्देशन भइसकेको छ,’ प्रवक्ता बुढाले भनेका छन् ।

    नयाँ कार्यविधि पारित भएपछि नेपाल प्रहरी तर्फबाट पूर्व भीआईपीकोमा खटिँदै आएका ७७ जना प्रहरी फिर्ता भइसकेका छन् । सशस्त्र प्रहरी बल तर्फबाट ९१ जना सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    स्रोतका अनुसार अझै दुबै प्रहरी संगठनबाट खटिएका ४०० भन्दा बढी सुरक्षाकर्मी फिर्ता गर्ने तयारी भइरहेको छ । तर पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री तथा सुरक्षाकर्मीको दुरुपयोग गर्दै आइरहेका केही पूर्व मन्त्रीले प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरीका महानिरीक्षकसहित गृह मन्त्रालयका उच्च तहका कर्मचारीलाई सुरक्षाकर्मी यथावत् राख्ने गरी व्यवस्था मिलाइ दिनभन्दै दबाब दिँदै आइरहेका छन् । केहीले भने पत्र नै पठाएका छन् ।

    ‘पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री तथा सुरक्षाकर्मीको दुरुपयोग गर्दै आइरहेका केही पूर्व मन्त्रीले सम्बन्धित निकायका उच्च तहका व्यक्तिलाई सुरक्षाकर्मी यथावत राख्ने गरी व्यवस्था मिलाइदिन भन्दै दबाब दिइरहेका छन्, केहीबाट त पत्र नै आएको छ,’ एक उच्च अधिकारीले भने ।

    हाल पूर्व प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’को सुरक्षामा ६० जनाभन्दा बढी सुरक्षाकर्मी खटिँदै आइरहेका छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा ३० जना बढी सुरक्षाकर्मी खटिँदै आइरहेका छन् । 

    पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा समेत ठूलो संख्यामा कार्यविधि विपरीत सुरक्षाकर्मी राखिएको छ ।

    पूर्व राजा ज्ञानेन्द्र शाहले १०० जना सुरक्षाकर्मी राख्दै आएका छन् । तर नयाँ कार्यविधिअनुसार उनले समेत १६ जना सुरक्षाकर्मी पाउनेछन् । पूर्व राजाका स्वकीय सचिव सागरप्रसाद तिमल्सिनाले नयाँ कार्यविधि अनुसारका सुरक्षाकर्मीले अपुग हुने भन्दै पुर्नविचार गरिदिन बिहीवार मात्रै गृह मन्त्रालयमा पत्र नै पठाएका हुन् ।

    latter.jpg

    पत्रमा हाल कायम रहेका सुरक्षाकर्मी सशस्त्र प्रहरी तर्फबाट ९९ जना रहेको उल्लेख छ ।

    गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गत शुक्रवार बसेको सुरक्षा प्रमुखसहितको बैठकले कार्यविधि विपरीत हुने सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।

    नयाँ कार्यविधि अनुसार पूर्वराजा, पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व उपराष्ट्रपति र पूर्व प्रधानन्यायाधीशलाई आजीवन, पूर्व गृहमन्त्रीलाई १० वर्षसम्म सुरक्षाकर्मी दिइने उल्लेख छ । पूर्व प्रहरी महानिरीक्षकलाई समेत २ जना सुरक्षाकर्मी आजीवन दिइने उल्लेख छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend