काठमाडौं - मुलुकमा राजनीतिक अस्थिरता बढेसँगै विभिन्न शक्तिकेन्द्रको चलखेल बढेको छ । प्रधानमन्त्री केपी ओलीले बहुमत सरकार हुँदाहुँदा हठात प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीति फेरि पनि दुष्चक्रमा फस्ने स्थिति देखिएको छ ।
नेपालमा अब एकैचोटि अमेरिका, चीन, भारत तथा पुराना शक्तिकेन्द्र राजसंस्थाले खेल्ने अवसर पाएका छन् । अहिलेको स्थितिबाट सबैभन्दा खुसी पूर्वराजावादी भएका छन् । सडकमा राजा आऊ देश बचाऊको नारा लागिरहेका बेला प्रधानमन्त्री ओलीले नै त्यसका लागि मार्गप्रशस्त गरिदिएका छन् ।
त्यसैले अहिले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा विभिन्न देशले चासो राखेको बताइन्छ । राजसंस्थाको पक्षमा वकालत गर्दै आएका पत्रकार प्रा.पी खरेलले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा बढाएको खुलासा गरेका छन् ।
‘म धेरै कुरा खुलासा गर्न चाहान्न । सुरक्षा निकायले नै भने हुन्छ । राजा ज्ञानेन्द्रको व्यक्तिगत सुरक्षा व्यवस्थामा परिवर्तन गरिएको छ,’ उनले एक अनलाइन अन्तर्वार्तामा भनेका छन् ।
पूर्वराजाको शक्ति र जनविश्वास बढेकाले उनको व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्छ भनेर बाह्य शक्तिले ध्यानाकर्षण गराएपछि सरकारले उनको सुरक्षा बढाएको खरेलको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।