काठमाडौं – समृद्धिको चिल्लो नारा दिएर सत्तामा पुगेका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनसँगै नाङ्गेझार भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले अर्ती दिएका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको टिप्पणी गरेका छन् ।
शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको स्मरण गराएका छन् ।
शाहले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमा व्यस्त रहनुपरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले सामाजिक जीवनपद्धति र सबैको सन्तुलित खुशीमा नै प्रजातन्त्रको प्राण अटूट रहने भन्दै सबैले छातीमा माटो राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको अर्ती दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।