काठमाडौं – नेपालमा गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राख्दै संसदमा गैरसरकारी विधेयक नै दर्ता गराउने कम्युनिस्ट सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुला चुनौती दिएका छन् ।
शनिवार भएको रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद तामाङले राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन पूर्वराजा शाहलाई चुनौती दिएका छन् ।
देशभर राजावादीहरूको प्रदर्शन गरिरहेको बेला उनको चुनौती सार्वजनिक भएको हो । शनिबार समेत देशका विभिन्न क्षेत्रमा राजावादीले प्रदर्शन गरेका छन् ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका तामाङले भने, ‘पूर्वराजालाई कुनै पार्टीमा आउनुहुन्छ र कुनै पार्टी बनाएर आउनुहुन्छ भने स्वागत छ, प्रतिस्पर्धा गर्न तयार छौं ।’ कसैले सडकमा आएर राजा आऊ भन्दैमा राजतन्त्र नआउने उनले बताए ।
अर्को प्रसङ्गमा उनले नेकपा पार्टी कुनै हालतमा नफुट्दै भन्दैैै सहमतिको ढोका खुलेको बताएका छन् । पार्टीमा पछिल्लो समय उठेका कतिपय विषयको टुंगो स्थायी कमिटी बैठक बसी कार्यदल बनाएर लगाउने सहमति बनेको समेत उनले बताए ।
‘नेकपा कुनै हालतमा फुट्दैन,’ तामाङले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन समायोजन गरी एउटै प्रतिवेदन बनाउन स्थायी कमिटीमार्फत् कार्यदल बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।’ एक व्यक्ति एक पदको विषय पनि स्थायी कमिटी बैठकले टुंगो लगाउने तामाङले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।