काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आईतबार देशबासीका नाममा सन्देश जारी गरेका छन् ।
पुस २७ गते परेको २९९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आईतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय एकताको गाँठो बलियो पार्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने उनले बताए । ‘राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने छ,’ शाहको सन्देशमा उल्लेख छ, ‘यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।’
शाहले भनेका छन्, ‘हाम्रो विचारमा राजनीति भन्नु नै देशको सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकूल छ, त्यसको समीक्षा हुन अब बिलम्ब भइसकेको छ ।’
हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइने गरेको छ । सोमवार पृथ्वी जयन्तीका अवसरमा राप्रपा लगायत केही दल र व्यक्तिहरूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।