आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पूर्वराजा शाहसँग दुर्गा प्रसाईले लगाए राजेन्द्र लिङ्देनविरुद्ध चुक्ली

पूर्वराजा शाहसँग दुर्गा प्रसाईले लगाए राजेन्द्र लिङ्देनविरुद्ध चुक्ली

  • मिडिया डबली
  • मंगलवार, माघ १६ २०८०

  • 3.2K
    SHARES

  • पूर्वराजा शाहसँग दुर्गा प्रसाईले लगाए राजेन्द्र लिङ्देनविरुद्ध चुक्ली

    काठमाडौं -पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था फर्काउने अभियानमा छ । उसले फागुन ७ पछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।

    तर पार्टीभित्र देखिएको किचलोले राजसंस्था फर्काउने घोषणा अलपत्र परेको छ । राजसंस्था अहिले नै फर्काउने कि अलि पछि फर्काउने भन्ने विषयले नेताहरूबीच ध्रुवीकरण भएको छ । अ

    ध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू अलि पछि सशक्त आन्दोलन गर्ने मुडमा छन् । तर रवीन्द्र मिश्रलगायत अहिले नै फर्काइहाल्नुपर्छ भनेर लागिपरेका छन् ।

    तर प्रदेश सभामुखका विषयले राप्रपामा दुई धार देखिएको छ । राप्रपाले ठोस एजेन्डा अघि नसार्दा मेडिकल व्यवसायीसमेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजेन्द्र लिङ्देनविरुद्ध पूर्वराजासमक्ष चुक्ली लगाएका छन् ।

    उनले लिङ्देनले राजसंस्था फर्काउन नसक्ने जिकिर गरेका छन् । प्रसाईले राजेन्द्र लिङ्देनको राजतन्त्र पुनर्स्थापित गर्ने एजेन्डा ‘साँढेको टाङमुनि बाल्टी थापेजस्तै’ भएको टिप्पणी गरेका छन् ।

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग सोमबार सिमरामा भेटवार्ता गरेपछि प्रसाईले पूर्वराजासँग राजेन्द्र लिङ्देनले बेलाबेला भेटेको सत्य भए पनि वास्तविकता भने टाढा रहेको बताए ।

    लिङ्देनले आफ्नो एजेन्डा भुलेर राष्ट्रिय सभा निर्वाचनमा रवि लामिछानेका ससुरा उद्धव पौडेललाई जिताउन एमालेसँग राजनीति सौदाबाजी गरेको आरोप पनि प्रसाईंले लगाए ।

    उनले आफूलाई पूर्वराजाको सधैँ समर्थन रहेको जिकिर गर्दै आगामी फागुनमा हुने आन्दोलनमा पनि साथ रहने जिकिर गरे । एजेन्डा समान भए पनि प्रसाईं र लिङ्देनबिच सम्बन्ध राम्रो छैन ।

    प्रसाईं र लिङ्देनको खोसाखोसमा पूर्वराजा पर्ने गरेको टिप्पणी हुँदै आएको छ । प्रसाईंले फागुन १ देखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गर्दा राप्रपाले पनि फागुनमै छुट्टै आन्दोलन गर्ने तयारी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष ८ २०७७१०:३३:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend