काठमाडौं, १५ माघ - नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सञ्चार क्षेत्रको चौतर्फी विकासका लागि मिडियालाई सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै उनले सरकारको नियन्त्रण बाहिर राखिएमा मात्र सञ्चार क्षेत्रको विकास हुने बताएका हुन् ।
अन्यथा सरकारको जजमान मात्र गर्ने भए सरकारी मिडियाको अस्तित्व संकटमा आउने उनको चेतावनी छ । विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताउँदै उनले प्रसारण विधेयकले डिजिटल मिडियालाई पनि समेट्न नसकेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।