काठमाडौं - नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचाल समितिले स्थानिय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा बिजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सो माताहातको अनुगमन, मुल्याङकन तथा सुपरीबेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रिय समितिका सदस्य प्रदीप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दावी प्रस्तुत गरेको हो ।
‘कुल ७५२ स्थान मध्ये प्रमुख पदमा ३२९ स्थानमा बिजय (१८८ अध्यक्ष र र १४१ प्रमुख) जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउँछ, ’ प्रतिवेदनमा भनिएको छ, ‘कुल ७५२ स्थानमध्ये उपप्रमुख पदमा ३०० स्थानमा बिजय (१९० उपाध्यक्ष र ११० उपप्रमुख) जुन कुल स्थानको ४४ प्रतिशत हुन आउँछ ।’
कार्यकारी पदको १५०४ मध्ये ६२९ स्थानमा नेपाली कांग्रेस रहेको र जसको ४२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।