आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पार्टीको निर्णयलाई स्वीकार नगरे आशन्न स्थानीय तह निर्वाचन जित्न सकिन्न : कांग्रेस नेता पौडेल

पार्टीको निर्णयलाई स्वीकार नगरे आशन्न स्थानीय तह निर्वाचन जित्न सकिन्न : कांग्रेस नेता पौडेल

  • मिडिया डबली
  • सोमवार, चैत्र ७ २०७८

  • 4.6K
    SHARES

  • पार्टीको निर्णयलाई स्वीकार नगरे आशन्न स्थानीय तह निर्वाचन जित्न सकिन्न : कांग्रेस नेता पौडेल

    तनहुँ - नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे आशन्न स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्।

    तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भिमादमा सोमबार आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनको बेलामा आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकार गरेर अगाडि जानुपर्नेमा जोड दिएका हुन्।

    ‘निर्वाचनको बेलामा आफूलाई चित्त बुझेन भने पनि निर्णयलाई स्वीकार गरेर अगाडि जानुपर्दछ,’ नेता पौडेलले भने, ‘पार्टीको निर्णयलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न सकिदैन।’

    निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उनले भाषणहरुमा कांग्रेसभित्रको कुरा नल्याउन र आलोचना नगर्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे।

    ‘निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय होइन। चित्त बुझने भने त्यो कुरालाई थाती राख्नुस्,’ उनले भने, ‘ भाषणहरुमा कांग्रेसभित्रको कुरा नल्याउनुस्, आलोचना नगर्नुस्।’

    आफूलाई नेतृत्वमाथि औँला ठड्याउने मान्छेको रुपमा प्रस्तुत गर्दै पौडेलले सधैँ भरी प्रश्न गरिराख्न नमिल्ने पनि जिकिर गरे।

    ‘कम्युनिस्टको भ्रमलाई चिर्ने गरी हामीमा क्षमता अभिवृद्धि गरौँ। म पनि नेतृत्वलाई औँला ठड्याउन कोशिस गर्ने मानिस हुँ। गलत भएको ठाउँमा गलत भन्ने मानिस हुँ। तर, त्यसो सधैँ भरी भनिरहन मिल्दैन,’ उनले भने।

    नेता पौडेलले निर्वाचनको समयमा पार्टीमा चित्त नबुझेका कुराहरु पनि सामाजिक सञ्जालमा नलेख्न नेता–कार्यकर्ताहरुलाई सुझाव दिए। ‘सामाजिक सञ्जालमा मनपरी नगर्नुस्।

    तपाईँले सामाजिक सञ्जालमा केही लेख्नुभो भने तपाईंको उन्नतीको सबैभन्दा बाधक त्यही हुन्छ,’ उनले भने, ‘किन भने त्यो प्रमाणका रुपमा सुरक्षित हुन्छ।’

    अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका भन्दै पौडेलले भ्रमहरु कांग्रेसले उदाङ्गो पार्न नसकिरहेको पनि बताए।

    ‘एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका छन्। त्यसलाई हामीहरुले उदाङ्गो पार्न सकिरहेका छैनौँ,’ उनले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २४ २०७९१०:०१:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend