आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट दिनुको कुनै औचित्य छैन : कांग्रेस नेता पौडेल

घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट दिनुको कुनै औचित्य छैन : कांग्रेस नेता पौडेल

  • मिडिया डबली
  • आइतवार, चैत्र २० २०७८

  • 3.9K
    SHARES

  • घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट दिनुको कुनै औचित्य छैन : कांग्रेस नेता पौडेल

    काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने बताएका छन्।

    गृहजिल्ला तनहुँको शुक्लागण्डकी–९ तालवेशीमा निर्मित खानेपानी लाइन तथा ट्यांकी समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    ‘घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट नदिनुहोला,’ नेकपा एमालेतर्फ ईंगित गर्दै नेता पौडेलले भने, ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिवद्धता व्यक्त गर्ने तर पूरा नगर्ने दलले लोकतन्त्रमा जित्नु हुँदैन।’

    काम नगरी जित्ने परिस्थिति बने समृद्धि आर्जन गर्न नसकिने नेता पौडेलले बताए। उनले कांग्रेसले आशन्न निर्वाचनमा स्पष्ट योजना प्रस्तुत गर्ने पनि बताए।

    ‘नेपाली कांग्रेसले यो चुनावमा स्पष्ट योजना प्रस्तुत गर्नेछ। ती योजना हाम्रा प्रतिवद्धता हुन्,’ नेता पौडेलले भने, ‘हामी हाम्रा प्रतिवद्धता पूरा गर्नेछौँ। पूरा गर्न नसकिने प्रतिवद्धता हामी गर्ने छैनौँ।’

    उनले घोषणापत्रमा लेखेका काम पूरा नगर्ने दललाई मत नदिन पनि मतदातालाई आग्रह गरे। संविधानले निर्दिष्ट गरेका थुप्रै आवश्यकता पूरा हुन बाँकी रहेको भन्दै उनले नैसर्गिक अधिकारका रुपमा व्याख्या गरिएका विषयहरु तर्फ केन्द्रित भएर दलहरुले कार्यक्रम बनाउन आवश्यक रहेको पनि बताए।

    ‘संविधानले निर्दिष्ट गरेका थुप्रै आवश्यकता पूरा भएका छैनन। पहिला ती विषयलाई पूरा गर्न लाग्नु पर्छ,’ पौडेलले भने, ‘खनेपानी, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई नैसर्गिक अधिकारका रुपमा व्याख्या गरेको छ, त्यसअनुरुप दलहरुले कार्यक्रम बनाउन आवश्यक छ।’

    दलहरुले जनताको आवश्यकता अनुसार प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिँदै उनले लाखौँ जनता अहिले पनि शुद्ध खानेपानीबाट वञ्चित रहेको स्मरण गरे।

    ‘जनताको आवश्यकता के हुन् त्यतातिर दलहरुले ध्यान दिनुपर्छ,’ नेता पौडेलले भने, ‘भ्यु टावर होइन पानी ट्यांकी बनाऔँ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २४ २०७९१०:०१:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend