आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केशव स्थापित बालेन शाहविरुद्ध गालीगलौजमा उत्रिएपछि कांग्रेस नेता प्रदीप पौडेलले दिए चेतावनी

केशव स्थापित बालेन शाहविरुद्ध गालीगलौजमा उत्रिएपछि कांग्रेस नेता प्रदीप पौडेलले दिए चेतावनी

  • मिडिया डबली
  • मंगलवार, बैशाख २० २०७९

  • 10.1K
    SHARES

  • केशव स्थापित बालेन शाहविरुद्ध गालीगलौजमा उत्रिएपछि कांग्रेस नेता प्रदीप पौडेलले दिए चेतावनी

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं महानगरको प्रमुखका लागि एमाले उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै आपत्ति जनाएका छन्।

    महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनले स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै आपत्ति जनाएका हुन्।

    एमाले उम्मेदवार स्थापितले दिनहुँ स्वतन्त्र उम्मेदवार बालेन शाहविरुद्ध आचारसंहिताविपरीत गालीगलौज गरिरहेका छन् । स्थापितले आज मात्रै पनि बालेन शाहको सिर्जनामा औंलो ठड्याएका छन् ।

    ‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याउनु भएको छ,’ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साम्प्रदायिक घृणा र ध्रुवीकरणको यो घिनलाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नुभएको हो। महिलामाथि त सार्वजनिक मञ्चमै हिंसा भइरहेको छ।’ स्थापित अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी ‘फन्डा’ गरिरहेको उनको टिप्पणी छ।

    ‘हावा गफ त ओलीजीबाटै टन्न अघाउने गरी सुनिसकेका छौँ,’ उनले भनेका छन्, ‘स्थापित र ओलीका नाममा उर्दुको एउटा शेर, एक ही उल्लु काफी था बरबाद गुलिस्तां करनेको, अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो।’

    नेता पौडेलले स्थापित काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएको, शाही शासनकालमा मनोनीत मेयर बनेको, डा:बाबुराम भट्टराई सरकारको पालामा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर खाइसकेको पनि स्मरण गराएका छन्।

    ‘रहयो, योजना र कार्यक्रममा स्थापितले निर्वाचित मेयरको रुपमा पूरै पाँच वर्षको कार्यकाल पूरा गरिसक्नुभएको हो। शाही शासनकालमा ज्ञानेन्द्रको मनोनीत मेयर भएर पनि काठमाडौंको सेवा गरिसक्नु भएको हो,’ उनले लेखेका छन्, ‘त्यतिले नपुगेर डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौँ उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नुभएको हो।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २४ २०७९१०:०१:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend