आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजेन्द्र लिङ्देनमाथि रेखा थापाले खोलिन् फायर

राजेन्द्र लिङ्देनमाथि रेखा थापाले खोलिन् फायर

  • मिडिया डबली
  • आइतवार, माघ १४ २०८०

  • 2.3K
    SHARES

  • राजेन्द्र लिङ्देनमाथि रेखा थापाले खोलिन् फायर

    काठमाडौं - पूर्वपञ्चहरूको पार्टी राप्रपामा अहिले तमासा देखिएको छ । नेपालबाट विस्थापित भइसकेको राजतन्त्र स्थापना गर्ने भन्दै सडक आन्दोलन घोषणा गरेको राप्रपाको घोषित आन्दोलन पनि ढुस हुने देखिएको छ ।

    राप्रपाको आन्दोलनमा जनमानसमै विभिन्न शंका आशंका उब्जिएको छ । पार्टीले लिने नीतिबारे अध्यक्ष राजेन्द्र लिङ्देन र उपाध्यक्ष रवीन्द्र मिश्रबीच सम्बन्धमा तिक्तता उत्पन्न भइसकेको छ । राजेन्द्रले सार्वजनिक कार्यक्रममै रवीन्द्र मिश्रले राप्रपालाई अझैसम्म बुझ्न नसकेको टिप्पणी गरेका छन् ।

    राजेन्द्रको यो टिप्पणीले नै राप्रपामा तिक्तता उत्कर्षमा पुगेको देखिएको छ । यसअघि नै प्रकाशचन्द्र लोहनीलगायत अध्यक्षसँग असन्तुष्ट रहेका छन् ।

    पछिल्लो पटक राजेन्द्र लिङ्देन र उनकै गुटबाट महामन्त्रीमा उठेकी रेखा थापाबीच पोल खोलाखोल सुरु भएको छ । लिङ्देनले नेपाली एउटी आमा बच्चा जन्माउन अमेरिका पुग्नुपर्ने बाध्यता भएको र विदेशी नागरिक बनाउन विवश छन् भन्दै रेखाप्रति आरोप लगाएका छन् ।

    लिङ्देनको सो आरोप भुइँमा खस्न नपाउँदै अमेरिकामा रहेकी रेखा थापाले अध्यक्षमाथि फायर खोलेकी छन् । उनले शनिबार आफ्नो सन्तानलाई अमेरिकामा राख्ने अनि अरुमाथि लाञ्छना लगाउने भन्ने प्रश्न गरेकी छन् ।

    रेखाको यो स्टाटस आएलगत्तै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बुझेर टीकाटिप्पणी गर्न अनुरोध गरेका छन् । लिङ्देनकी छोरी पनि अमेरिकामा बस्दै आएकी छन् । छोरीलाई अमेरिकामा सेटल गर्न लिङ्देनले ठूलै पापड बेलेका थिए ।

    तर अहिले उनी आफैंले अभिनेत्री रेखा थापालाई सन्तान जन्माउन अमेरिका गएको भन्दै आलोचना गरेका छन् । यो घटनाले अब राजेन्द्र र रेखा एउटै गुटमा रहन नसक्ने अवस्था सिर्जना भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend