काठमाडौं - चिनियाँ नागरिकलाई कुटपिट गरेको विषयमा माओवादी महासचिव देव गुरुङमाथि गम्भीर बात लागेको छ । यो विषयले अहिले माओवादीभित्र रडाको मच्चिएको छ ।
भूकम्प प्रभावित जाजरकोटमा भएको उक्त घटनामा गोर्खबहादुर केसीको संलग्नता रहेको भन्दै पार्टीले पहिला स्पष्टीकरण सोध्यो ।
गोर्खले सो घटनामा महासचिव देव गुरुङले राहत हिनामिना गरेपछि हातपात हुन पुगेको स्पष्टीकरण दिएपछि अहिले बालुवाटारमा भुइँचालो गएको छ ।
जाजरकोट र रुकुमपश्चिको सिमानामा पर्ने रिम्नामा चाइना फाउण्डेशन फर रुरल डेभलपमेण्टकी कार्यकारी निर्देशक सोउ सिच्याङमाथि मंसिर २० गते माओवादी नेता कार्यकर्ताले कुटपिट गरेको बताइन्छ ।
यो विषयमा चिनियाँ दूतावासले बालुवाटरमा गम्भीर कुरा राखेपछि मंसिर २८ गते माओवादीको स्थायी कमिटी बैठकले गोर्खबहादुरसँग स्पष्टीकरण सोधेको थियो । उनले आफ्नो निर्माण कम्पनीमा काम गर्ने मान्छेले हातपात गरेको भनेका थिए ।
प्रहरीले सुरुमा अमर खत्रीलाई पक्राउ परेको थियो । गोर्खलाई फरार सूचीमा राखियो । खत्री पाँच हजार धरौटीमा छुटे । गएको राहत सामग्रीमध्ये पीडित परिवारलाई २३–२३ हजारका दरले वितरण गरिने भनिएकोमा १० हजार मूल्यको सामान नदेखिएको र हिनामिना भएको भन्दै गोर्ख र चिनियाँ संस्थाकी प्रमुख सोउबीच भनाभन चलेकोे थियो ।
त्यसक्रममा गोर्खले उनलाई हातपात गरेको बताइन्छ । यो घटनाले माओवादीमा ठूलो हलचल मच्चिएको छ । स्रोतका अनुसार यो घटनापछि देव गुरुङको महासचिव पद नै धरापमा परेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।