काठमाडौं - हरेक वर्षको हिउँदमा पूर्वराजा ज्ञानेन्द्र शाह देशका विभिन्न जिल्ला भ्रमणमा जाने गर्छन् । जाडो छल्नकै लागि उनी मन्दिर मन्दिर पुग्ने गरेका छन् । यस वर्ष भने उनको प्राथमिकतामा मधेसका विभिन्न जिल्ला परेको छ ।
पर्सादेखि उनी सर्लाहीका विभिन्न चर्चित मन्दिरको पूजाआजा गरेर आइतबार हेटौंडा पुग्दैछन् । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरूको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाटका उनी जाँदै लागेको राप्रपा मकवानपुरले जनाएको छ ।
पूर्वराजा शाहलाई आज दिउँसो १२ बजे हेटौँडा - १५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने बताइएको छ । उनी हेटौँडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र दिउँसो २ः३० बजे हेटौँडा–१० स्थित भुटनदेवी मन्दिरमा पुग्नेछन् । शनिबार उनी सिमरास्थित मुसहर बस्ती पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।