काठमाडौं - नेपालीका कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको दीर्घजीवनमा ठूलो असर पर्ने अभिव्यक्ति दिएका छन् ।
राष्ट्रिय सभामा कोशी प्रदेशका उम्मेदवारसमेत रहेका उनले बिहीबार ओखलढुंगा पुगेर गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अर्को चुनावमा पनि गठबन्धन कायम रहने बताए । सिटौलाको यो अभिव्यक्तिले आमकांग्रेसजन चिन्तामा परेका छन् ।
गठबन्धन पार्टी र नेताका लागिभन्दा पनि जनताका लागि बनेको उनले दाबी गरे । संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो ।
‘यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन । संविधानविपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको हो गठबन्धन । प्रजातन्त्र प्राप्तिका लागि २००७ मा भएको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२(६३ को जनआन्दोलनको जगमा निर्माण भएको संविधानलाई खतरामा पार्ने गतिविधि देखिएकाले त्यस्ता प्रयासलाई असफल बनाउन हामी एकताबद्ध भएका हौँ,’ उनले भने, ‘यो गठबन्धनको भविष्य छैन । आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु । हाम्रो सहयात्रा यो पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ । अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ ।’
कांग्रेसमा महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायत ठूलो समूह अर्को चुनावदेखि कांग्रेसले एक्लै लड्नुपर्ने बताउँदै आएका बेला सिटौलाले १० वर्षसम्म अहिलेकै गठबन्धन कायम हुन्छ भन्नुले उनी केका लागि राष्ट्रिय सभामा उम्मेदवार बनेका रहेछन् भन्ने तथ्य खुल्दै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।